'हिमालयन हाइड्रो एक्स्पो २०१९' माघ ४ गतेदेखि राजधानीमा हुने

Oct 29, 2018 Merolagani

हिमालयन हाइड्रो एक्स्पो २०१८ भब्य रुपमा सफल भएसगै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो ।

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको छ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ ।

ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा वढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए ।

यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको इपान अध्यक्ष गुरागाईले बताए ।

विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास गुरागाईले लिएका छन् ।

सााथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास आयोजकको छ ।

comments powered by Disqus

सिटिजन्स र एक्सिस बैंक भारत बीच रेमिटेन्स सम्झौता

Jan 22, 2019

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ। यस अनुसार एक्सिस बैंक मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकको ८१ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ।