तामाकोशीको आइपिओ पहिलो दिनमै ५१ प्रतिशत बिक्री, ४१ हजारले गरे आवेदन

Nov 01, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको आइपिओ पहिलो दिनमै ५१.८४ प्रतिशत बिक्री भएको छ । विहिबार ४१ हजार ९६ लगानीकर्ताले आइपिओ माग गर्दे आवेदन गरेको हुन् ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार विहिबार साँझ ५ बजेसम्म ८२ करोड ३५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

नागरिक लगानीकोषका पूँजीबजार महाशाखाका प्रमुख रोशनजंग कार्कीले ४१ हजार ९६ आवेदकले ८२ लाख ३५ हजार ८५० कित्ता शेयर माग गर्दे आवेदन गरेको मेरो लगानीलाई जानकारी दिए । उनका अनुसार यो विवरण विहिबार साँझ ५ बजेसम्मको मात्र हो ।

५ बजे पछि आवेदन गर्नेको विवरण समेत समावेश गर्दा झण्डै एक अर्ब बराबरको आवेदन परेको अनुमान गर्न सकिन्छ । आईपिओमा अनलाइन आवेदन गर्न सकिने हुँदा जुनसुकै बेला पनि आवेदन गर्न सकिन्छ ।

 

तामाकोशीले एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ) कार्तिक १५ गतेदेखि खुला गरेको हो । यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।
आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।