सानिमा बैंकले कार्तिक ३० देखि दुई अर्बको ऋणपत्र जारी गर्ने, दश प्रतिशत ब्याजदर

Nov 04, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले कार्तिक ३० गते देखि दश वर्ष अवधिकाे दुई अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकको निष्काशन गर्ने कूल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता व्यक्तिगत तवर मार्फत बिक्री छ भने २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको हो ।

सर्वसाधारणमा निष्काशन हुने कूल ४ लाख कित्ता ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ भने ३ लाख ८० हजार कित्ता सर्वसाधारले आवेदन दिन पाउनेछन् ।

१०% सानिमा डिवेञ्चर २०८५, नाम दिइएको १० वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन गर्न पाइने छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बैंकको ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले ऋणपत्रको बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल, सानिमा बैंकको उपत्यका तथा उपत्यका बहिरका शाखा कार्यालयहरुबाट दरखास्त फारमा बुझाउन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन गर्न सकिने छ ।

पूँजी प्रयाप्तता अनुपात बढाउन र व्यवसाय विस्तारका लागि ऋणपत्र जारी गर्न लागिएको सानिमा बैंकले जनाएको छ । बैंकलाई आवश्यक दीर्घकालीन पूँजीको जोहो गर्न यो ऋणपत्र बिक्री गर्न खोजेको हो। उसको पूँजी कोष अनुपात अहिले १२.९३ प्रतिशत छ ।

हाल बैंकमा बचत खाताको ब्याजदर ७ प्रतिशत हाराहारीमा मात्र रहेको छ । ऋणपत्रमा १० प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट कात्तिक ७ गते अनुमति प्राप्त गरेको थियो । बैंककाे याे दाेस्राे ऋणपत्र हाे । यसअघि बैंकले ३७ कराेडकाे ७% सानिमा डिवेञ्चर २०७९ जारी गरेकाे थियाे ।

बैंकले गत बर्षको खुद नाफाबाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।