हप्तादिन भित्र अनलाईन शेयर कारोबारको सबै समस्या समाधान हुन्छ - नेप्से (भिडियो सहित)

Nov 12, 2018 Merolagani



अनलाइन कारोबार प्रणालीमा उत्पन्न समस्याका कारण आलोचना खेपिरहेको नेपाल स्टक एक्सचेञ्जले एक साता भित्रमा सबै समस्या समाधान हुने बताएको छ । अनलाईन कारोबार सुरु भएको तीन कार्यदिनसम्ममा पनि शेयर कारोबार गर्न नसकेका आक्रोशित लगानीकर्तालाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृतले यस्तो बताएका हुन् ।

अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वायन आएयता बजार दैनिक दोहोरो अंकले घटिरहेको छ भने कारोबार रकम पनि ज्यादै न्यून छ ।

लगानीकर्ताको सम्पत्ती बन्धक हुनुका साथै बजार नै खताराको अवस्थामा रहेको भन्दै सोमबार नेपाल इन्भेष्टर्स फोरमको टोली नेप्से पुगेको थियो ।

फोरमका प्रतिनिधिको कुरा सुने पछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समस्या एक साता भित्रमा समाधान हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । डिस्प्लेमा बाहेक सफ्टवेयर, हार्डवेयर र टेक्नोलोजिमा कुनै समस्या नरहको दाबी गरेका साउदले शेयर दलाल तथा लगानीकर्ताको असहयोगका कारण पनि कतिपय समस्या उत्पन्न भएको उनको भनाई थियो ।

उनले भनेर्, एक हप्ता भित्र कुनै पनि समस्या आउदैन त्यसको लागि आवश्यक परे ब्रोकर लगायत लगानीकर्ताहरुलाई थप तालिमको समेत व्यवस्या गरिने छ ।’

रकम भुक्तानीका लागि बैंकसंग इन्टिग्रेसनको काम भैरहेको बताएका उनले नेपाल इन्भेष्टमेन्ट बैंकसंग ट्रायल गरीसकेको बताए ।

भिडियोमा हेर्नुहोस् साउदको भनाई । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।