चीनका संस्कृति तथा पर्यटन मन्त्री काठमाडौंमा

Nov 13, 2018 Merolagani

जनवादी गणतन्त्र चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आर्इपुगेका छन् ।

नेपाल र चीनको पारस्परिक हित, सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका क्षेत्रमा छलफलका लागि सुगाङ टोली काठमाडौं आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले जनाएको छ ।


मन्त्री सुगाङसहितको प्रतिनिधि मण्डलले आजै आफ्ना समकक्षी रविन्द्र अधिकारीलार्इ पर्यटन मन्त्रालयमा भेट गरेको छ ।

दुर्इ देशबीच सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य बढाउन गहिरो छलफल भएको मन्त्रालयले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।