समकक्षी बैंकहरुलाई पछाडि छाड्दै अगाडि बढ्यो एनआईसी एशिया, व्यवसाय विस्तारमा प्रथम

Nov 16, 2018 Tirtha Raj Poudyal

निजी क्षेत्रका अन्य सबै बैंकहरुलाई पछाडि छाड्दै व्यवसाय विस्तारमा प्रथम बन्दै अाएको एनआईसी एशिया बैंक (NICA) ले चालू आवको प्रथम त्रैमासमा पनि यसको बिरासतलाई कायम नै राखेको छ। बैंकले खुद नाफामा समेत आफ्ना समकक्षी मानिने बैंकहरु नेपाल एसबिआई, एभरेष्ट जस्ता बैंकहरुलाई पछाडि पारेको छ ।

खुद नाफा १७० प्रतिशतले बढ्यो

एनआईसी एशिया बैंकले शुक्रबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा खुद नाफा १७० प्रतिशतले बढाउँदै ७५ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा २७ करोड ८६ लाख रुपैयाँ मात्र रहेको थियो । देशभरी शाखा सञ्जाल विस्तार गरेर व्यवसाय विस्तारमा लाग्दा बैंकको खुद नाफा उच्च रुपमा बढेको हो ।

समीक्षा अवधिमा आफ्नो जगेडा कोषको आकार दोब्बर बनाएको यस बैंकले वैदेशीक लगानी समेत रहेका आफ्ना समकक्षी बैंकहरु एसबिआई, एभरेष्टजस्ता बैंकहरुलाई समेत निकै पछाडि छाडेको हो ।

चालू आवको प्रथम त्रैमासमा एसबिआई बैंकले ४८ करोड ७९ लाख र एभरेष्ट बैंकले ६३ करोड ३३ लाख खुद नाफा कमाउँदा एनआईसीले ७५ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन करिब करिब एनएमबि बैंकको यसै अवधिको नाफा सरह हो ।

फ्रि प्रोफिट ५८ करोड

एनआईसी एशियाको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एडजसमेन्ट वापत १७ करोड चार लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ । त्रैमासिक अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ५८ करोड २२ लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट २७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निजी स्वामित्वमा निक्षेप संकलन र कर्जा लगानी दुबैमा प्रथम

निजी स्वामित्वको लगानीमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गरि कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकको निक्षेप रकम एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो

बैंकले यस अवधिसम्ममा एक खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ८६ अर्ब ७४ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलनलाई ५५ प्रतिशत र कर्जा परिचालनतर्फ ६० प्रतिशतले बढीले बढोत्तरी गरेको हो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा नबिल र इन्भेष्टमेन्ट बैंकलाई पनि पछाडि पारेको छ । नबिलले एक खर्ब ४३ अर्ब निक्षेप संकलन गरि एक खर्ब २८ अर्बको कर्जा प्रवाह गरेको छ । उता इन्भेष्टमेन्ट बैंकले एक खर्ब ४१ अर्ब निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गरेको थियो ।

खुद ब्याज आम्दानी एक अर्ब २६ करोड ३४ लाख रुपैयाँले वृद्धि

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै एक अर्ब ८६ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९ करोड ९३ लाख मात्र रहेको थियो ।

यस अवधिमा बैंकले ४ अर्ब ८१ करोड ४४ लाख ब्याज आम्दानी गरेर २ अर्ब ९५ करोड १६ लाख ब्याज खर्च गरेको हो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब २६ करोड ३४ लाख रुपैयाँले वृद्धि भएको हो ।

चुक्ता पूँँजी स्थिर, जगेडा कोष दोब्बर

बैंकले आफ्नो जगेडा कोषको आकारमा दोब्बर बनाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको जगेडा कोषको आकार २ अर्ब ३६ करोड २६ लाख रहेकोमा ५ अर्ब ९ करोड ६९ लाख पुर्याएको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख रुपैयाँमा स्थिर रहेको छ । 

निक्षेप लागत र आधार ब्याजदर दुबै घट्यो

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा पनि बैंकको निक्षेप लागत र आधार ब्याजदरलाई नियन्त्रण गर्दै घटाउनुलाई भने बैंकको कुशल व्यवस्थापन र जोखिम ब्यवस्थापनमा सबल बन्दै गएको देखिन्छ ।

गत आवको प्रथम त्रैमासमा बैंकको आधार ब्याजदर १०.७८ प्रतिशतबाट १०.७७ मा बढेको छ भने निक्षेप लागत ८.०३ बाट ७.१५ प्रतिशतमा घटेको छ ।

बैंकको पूँजी कोष अनुपात गत वर्षभन्दा केही सुधार आएर १२.४८ प्रतिशतमा बढेको छ । बैंकलाई व्यवसाय विस्तारमा केन्द्रीत हुन पूँजी कोषलाई बलियो पार्नुपर्ने भएकाले बैंकले फेरि चार अर्ब ऋणपत्र जारी गर्ने जनाएको छ । हालै मात्र बैंकले एक अर्ब ८३ करोडको ऋणपत्र जारी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात पनि यति धेरै व्यवसायको आकार बढ्दै समेत घटेको छ । गत वर्ष यसै अवधिमा ०.२९ रहेको खराब कर्जाको अनुपात ०.२६ प्रतिशतमा घटेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७७.५१ बाट बढेर ७७.६८ प्रतिशत पुगेको छ ।

प्रतिशेयर आम्दानी बार्षिक २३ रुपैयाँ बढ्यो

बैंकले देशभरी २६६ भन्दा धेरै शाखा विस्तार गरेर खुद नाफामा उच्च वृद्धि गर्दा बैंकको प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसाले बढेर वार्षिक ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ । जसले एनआईसी बैंकमा लगानी गर्ने शेयरधनीलाई उत्साहित बनाएको छ ।

गत वर्ष यसै अवधिमा बैंकको इपिएस १३ रुपैयाँ ८४ पैसा कायम भएको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ११.९९ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।