अरुण भ्यालीले एफपिओ स्थगन गरेर किन रोज्यो हकप्रदको बाटो ?

Nov 22, 2018 Merolagani

अरुण भ्याली हाइड्रोपावर (AHPC) ले १९ औँ बार्षिक साधारण सभाले पारित गरेको एफपिओलाई स्थगन गरी शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव आगामी मंसिर २८ गते हुने साधारण सभामा पेश गर्ने भएको छ ।

कम्पनीले दुई बर्ष अगाडिको साधारणसभा बाट एफपिओ जारी गर्ने प्रस्ताव पारित गरेको भएपनि धितोपत्र बोर्डले तोकेको मापदण्ड र प्रक्रिया पूरा गर्न नसक्ने देखेपछि बोर्डमा आवेदन नै नगरि एफपिओ स्थगन गरेर हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको हो ।

कम्पनीले हकप्रद शेयर वितरणपछि पूँजी व्यवस्थापन गरी नयाँ परियोजनाहरु निर्माण गर्ने जनाएको छ । 

नेपाल धितोपत्र बोर्डले गतबर्ष नै बैकिङ, वित्तीय वा बिमा सम्बन्धि व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्नका लागि निश्चित शर्त तथा मापदण्डहरु तोकेको थियो ।

तर त्यस्ता मापदण्डहरु पुरा गर्न नसकेका कारण अरुण भ्यालीले आफ्नो प्रस्ताव बदलेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुले छिन छिनमा आफ्नो निर्णय फेर्दा शेयर बजारका लगानीकर्ताहरु मर्कामा पर्ने गरेका छन् । साथै कम्पनीहरु आफ्नो निर्णयमा अडिक नहुदा संस्थागत सुशासन कमजोर रहेको बुझिन्छ ।

साथै कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड र जारी पूँजी १ अर्ब ५० करोड रहेकोमा त्यसलाई वृद्धि गरी अधिकृत पूँजीलाई २ अर्ब ५० करोड र जारी पूँजी पनि २ अर्ब ५० करोड पुर्याउने निर्णय रहेको छ ।

कम्पनीको एक्काइसौँ बार्षिक साधारण सभा मंसिर २८ गते बिहान ११ बजे मैत्रीहल, इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा गर्ने जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र हकप्रद शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले चालु आर्थिक बर्षको तीन महिना अवधिमा एक करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९२ पैसा कायम छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।