विश्व बैंकको ‘डुईङ बिजनेस’ प्रतिवेदनप्रति नेपाल सरकारकाे अापत्ति

Nov 23, 2018 Merolagani

नेपालको ‘डुईङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति नेपाल सरकारले गंभिर आपत्ति जनाएकाे छ ।

जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालसम्बन्धि विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको बताए । 

मन्त्री ज्ञवालीले प्रतिवेदन सम्बन्धमा नेपाल सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि स्पष्ट पारे । उनले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावी समेत गरे ।

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल ‘डुईङ« विजनेस’मा १ सय १० औं स्थानमा छ । अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि असन्तुष्टि जनाई सकेका छन् ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।