रिलायन्स फाइनान्स डेढ करोड नोक्सानीमा, खराब कर्जामा उल्लेख्य सुधार

Nov 29, 2018 Merolagani

रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत वर्षको यसै अवधिमा दुई करोड ७१ लाख रुपैयाँ नोक्सानीमा रहेको फाइनान्सले नोक्सानी भने एक करोड २२ लाखले नोक्सानी घटाएको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा रिलायन्सले खराब कर्जा अनुपातमा भने उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३. ०३ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा अनुपात १.९१ प्रतिशतमा घटेको छ । 

कर्जा परिचालन १९ प्रतिशतले बढाउँदा फाइनान्सको खुद ब्याज आम्दानी वृद्धि भएको छ । तर फाइनान्सको आम्दानीले खर्चका सूचकहरुलाई धान्न नसक्दा एक करोड ८६ लाख सञ्चालन नोक्सानी ब्यहोरेको हो ।

चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनानसको प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा छ ।

असोज मसान्तसम्ममा तीन अर्ब ५३ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले तीन अर्ब २६ करोड ६२ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा फायनान्सको निक्षेप ७.५३ प्रतिशत र कर्जा परिचालन १९.९८ प्रतिशतले बढोत्तरी भएको छ ।

समिक्षा अवधिमा फाइनान्सले दुई करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा २३.८३ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको प्रथम त्रैमासमा फाइनान्सले एक करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।