अनलाईन कारोबारको सुरुवातसंगै धितोपत्र बजारमा डिजिटल हस्ताक्षर प्रयोगमा आउने

Nov 29, 2018 Merolagani

धितोपत्र बजारमा डिजिटल हस्ताक्षर प्रयोगमा आउने भएको छ । शेयर बजारमा अनलाईन कारोबार प्रणली सुरु भएसंगै नेपाल धितोपत्र बोर्डले डिजिटल हस्ताक्षरको प्रयोगलाई कार्यन्वयनमा ल्याउने भएको हो ।

बोर्डको बार्षिक कार्यक्रम अन्र्तगत सूचना प्रविधि नीति तर्जुमा भई डिजिटल हस्ताक्षर कार्यान्वयनमा ल्याउने क्रममा रहेको बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले जानकारी गराए ।

बोर्डका अध्यक्ष कार्कीले भने, ‘विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए पछि यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको शुरुवात गर्नु आवश्यक छ ।’

विद्युतीय हस्ताक्षर प्रयोगबारे बोर्डले धितोपत्र व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । आगामी दिनमा बोर्डले नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकरहरुलाई समेत जानकारी गराउने बोर्डको तयारी छ ।

डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउन बोर्डले नेपाल सट्र्रिफाइङ्ग कम्पनीसँग साझेदारी गर्ने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।