चौतारी लघुवित्तले आईपिओमा अत्याधिक माग, २ लाख १७ हजार बढीको हात खाली हुने

Dec 09, 2018 Merolagani

चौतारी लघुवित्तले साधारण शेयर (आईपिओ) मा अन्तिम दिन आइतबारसम्ममा अत्याधिक आवेदन परेको छ। लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा ३०.५० गुणा बढी आवेदन परेको हो।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंसिर २३ गते आइतबारसम्म २ लाख ७३ हजार ५०० आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता शेयर माग भएको हो। यो तथ्याङ्क अन्तिम नभएकाले अझै बढ्न सक्ने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको भनाई छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार नै धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले पाउनेछ । बाँकी २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने देखिएको हो । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ । तरपनि लगानीकर्ताको आकर्षण भने अत्याधिक देखिएको छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि सर्वसाधारण खुल्ला गरिएको हो ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।