भारतीय केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

Dec 11, 2018 Merolagani

भारतको केन्द्रीय बैंकका प्रमुख उर्जित पटेलले सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिनु परेकाे बताइएको छ । 

आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेकाे गभर्नर पटेलले बताएका छन् । सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिनुपरेकाे भारतीय समाचार संस्थाहरूले जनाएका छन् । 


केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएकाे थियाे । भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ । 

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।