नेप्सेले १० प्रतिशत बोनसपछि होटलको समायोजित शेयरमूल्य प्रतिकित्ता २१२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । बुधबार होटलको यसै मूल्यलाई आधार मानेर शेयर कारोबार खुलेको हो ।
साेल्टीकाे १८० दिन कारोबार भएको मूल्यको आधारमा होटलको औसत आधार मूल्य २५५ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
होटलले पुस २६ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि बुधबार शेयरधनी दर्ता किताब बन्द गरेको हो । होटलको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र १६.३१ प्रतिशत नगद पारित गर्नेछ ।
साधारण सभा पुस २६ गते बिहिबार नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहानको ११ बजे देखि सुरु हुने होटलले जानकारी गराएको छ ।
होटलको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । १० प्रतिशत बोनस शेयर पश्चात होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।