माछापुच्छ्रे बैंकको एजिएममा व्यवसाय विस्तार गर्न प्रबन्धपत्र संशोधन तथा मर्जर/प्राप्ती मुख्य एजेण्डा

Dec 14, 2018 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले हाल प्रवाह गरिरहेको सेवालाई अभिवृद्धि गर्दै आफैँ वा सहायक कम्पनी मार्फत आफ्नो सेवा प्रवाहको दायरालाई बढाउने भएको छ। बैंकले सो सहित मर्जर/प्राप्ती र लाभांश अनुमोदनको प्रस्ताव राखेर २० औं साधारण सभा अाह्वान गरेको छ।

माछापुच्छ्रे बैंकको बुधबार बसेको ३८५ औं सञ्चालक समितिको बैठकले पुस २० गते बिहान ११ बजे होटल पोखरा ग्राण्डमा २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि पुस ६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार पुस ५ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

के-के थप्दैछ सेवा ?

माछापुच्छ्रे बैंकले बैंकले अाफ्नाे व्यवसाय विस्तार गर्दै जाने क्रममा आफैँ वा सहायक कम्पनी मार्फत नियमनकारी निकायहरूकाे स्वीकृती लिएर साधारण सभाबाट निम्न व्यवसाय विस्तार गर्ने भएकाे छ :-

बैंकको साधारण सभाले बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरि बीमा व्यवसाय (जीवन तथा निर्जीवन), भेञ्चर क्यापिटल/प्राइभेट इक्वीटी/हेज फण्ड, क्रेडिट रेटिङ्ग, स्टक ब्रोकर, मर्चेन्ट बैंक, वित्तीय प्रविधि (फिन्टेक) लगायतका कार्यहरु गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

त्यसैगरि बैंक र अन्य उपयुत्तः बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने र सो सम्बन्धि आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारण सभामा राखेको छ ।

आगामी दिनमा राष्ट्र बैंकले चुक्ता पूँजी वृद्धि गरेको खण्डमा समेत सहज बनाउनका लागि बैंकले मर्जर तथा प्राप्तीलाई अहिले नै बढाउन चाहेको हाे । बैंक ठूलाे हुँदा यसै पनि जाेखिम बहन गर्न सक्षम बन्ने अवस्था रहन्छ ।

यसका साथै सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ भने  सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला तथा संस्थापक शेयरधनीको तर्फबाट तीनजना गरि ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा रहेका छन्। 

comments powered by Disqus