भारतीय नोट नसाटिँदा सुदूरपश्चिमवासी समस्यामा,व्यापार व्यवसायमा पनि कमी

Dec 16, 2018 RSS

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीले घर फर्किदा ल्याएका भारतीय नोट अहिले नसाटिन थालेपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।

‘रोजगारी गरी भारतबाट फर्किदा उनीहरु भारतीय नोट ल्याएका छन्, सरकारले भारतीय नोट नसाट्ने भनेपछि समस्या भएको छ, उनले भने, “हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।”

दिपायल पिपल्लास्थित किरण इलेक्ट्रोनिकका सञ्चालक किरण भण्डारीले आफू कहाँ दैनिक दजर्नौ ग्राहकहरु भारतीय रुपैयाँ लिएर आउने गरेको बताए ।

“कुनै पनि सामान किन्दा ग्राहकले भारतीय रुपैयाँ दिन्छन्, सरकारले चल्दैन भनेको छ, त्यसकारण त्यस्ता ग्राहकलाई दैनिक फर्काउनु परेको छ”, उनले भने, “केही चिने जानेका व्यक्तिले भारतीय रपैयाँ साटिए नेपाली नोट दिनुहोला भनेर रकम छोडेर गएका छन्, कहाँ गएर साट्नु आफै अलमलमा परेको छु ।

सुदूरपश्चिमका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने र उनीहरुले त्यहाँ कमाएको रकम भारतीय रुपैयाँ नै ल्याउने गरेका कारण यो प्रदेशमा बढी जसो भारतीय रुपैयाँको नै कारोवार हुने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताए ।

उनले भने, “हाम्रो प्रदेशका अधिकांश जिल्लाहरुमा प्राय भारतीय रुपैयाँको कारोवार हुन्छ, सरकारले भारतीय रुपैयाँ नचल्ने भनेपछि समस्या त हुने नै भयो नी ।’ सुदूरपश्चिम प्रदेशका बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर तथा डोटीका स्थानीयवासीहरु प्राय कामका लागि भारत जाने गर्दछन् ।

यहाँका कतिपय जिल्लामा त नेपाली नोटभन्दा पनि भारतीय नोटको बढी कारोवार हँुदै आएको स्थानीयवासीहरु बताउँछन् । बजारमा भारतीय रुपैयाँ नचल्न थालेपछि यहाँको व्यापार व्यवसायमा पनि निकै कमी आएको दिपायल पिपल्लाका स्थानीय व्यापारी तुलसी शाहीले बताए ।

उनले भनेस “अधिकाँश ग्राहक भारतीय रुपैयाँ लिएर सामान किन्न आउँछन्, सरकारले नचल्ने भनेपछि हामीले ती रुपैयाँमा सामान बिक्री गर्दैनौ, त्यसैले व्यापारमा अहिले व्यापक कमि आएको छ ।”

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कानूनी रुपमा नसाट्ने भनिएको भारतीय रकम कही कतै साट्न नहुने बताए । “कानूनले नसाट्नु भनेको रकम साट्नु वा चलन चल्ती गर्नु भनेको गैरकानूनी हो”, उनले भने, “गैरकानूनी रुपमा नेपालमा रकम साट्नु भन्दा बरु भारत तिरै लगेर साट्न उपयुक्त होला ।”

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।