एनएमबिले ८% ब्याजदरमा ७ प्रकारका कर्जा बिना धितो प्रवाह गर्ने, बचत खातामा १० लाखसम्मको बीमा सुविधा

Dec 17, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले बुधबार एनएमबि सहुलियतपूर्ण कर्जा अन्तर्गत ८ प्रकारका कर्जा सार्वजनिक गर्दै ७ प्रकारका कर्जा ८ प्रतिशतको सहुलियत ब्याजदरमा प्रवाह गर्ने जनाएको छ ।

बैंकले सोमबार पत्रकार सम्मेलन गरी लघुवित्तमा आधारित पाँच वर्ष अवधिको ८ प्रकारका व्यवसायहरुमा लक्षित कर्जा योजना सार्वजनिक गरि ८ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा ७ प्रकारका कर्जाहरु सामूहिक जमानीमा बिना धितो उपलब्ध गराउने जनाएको हो ।

कृषि पेशामा संलग्न महिलालाई लक्षित गरि अग्रणी महिला कृषि कर्जा अन्तर्गत उत्पादन लागतमा आधारित भई १५ लाखसम्म कर्जा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यी दुर्इ प्रकारकाे कर्जा भने ७ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछन् ।

सरकारको विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने नीतिअनुसार व्यवसाय तथा लघु उद्यमलाई प्रोत्साहन गर्न बैंकले सो योजनाहरु सार्वजनिक गरिएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।

 

उनले भने:-  एनएमबि बैंकले दिगो आर्थिक वृद्धि तथा मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र हरेक सेवा सुविधा उक्त उदेश्य लक्षित हुने हाम्रो प्रयास छ । उपरोक्त कर्जाहरुले हाम्रा ग्राहकहरुको दीर्घकालीन आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

बैंकले महिलाहरुलाई लक्षित गरी १५/१५ लाख रुपैयाँसम्मका महिला उद्यमशीलता कर्जा र कृषि पेशामा संलग्न महिलालाई लक्षित गरि उत्पादन लागतमा आधारित अग्रणी महिला कृषि कर्जा सार्वजनिक गरेको छ ।

त्यस्तै विभिन्न शर्तमा आधारित रहेर १०/१० लाख रुपैयाँसम्मको एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा र दलित समुदाय व्यवसाय विकास कर्जा गरि तीन प्रकारका कर्जा उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, बैंकले ७ लाखसम्मको शिक्षित युवा स्वरोजगार कर्जा, ५ लाखसम्मको उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, र ३ लाख रुपैयाँसम्मको भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा पनि सहुलियत ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।

ऋणका लागि आम नागरिकले सामान्य व्यावसायिक योजनाको खाका सहित जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिनेछ। 

बचत खातामा १० लाख सम्मको बीमा सुविधा

एनएमबि बैंकले “एनएमबि सहारा बचत खाता” खाता सार्वजनिक गर्दै बचत खातमा रहने मौज्दातको चार गुणा बढी रकमसम्मको बीमा सुविधा उपलब्ध गराउने जनाएको छ ।

न्यूनतम एक हजार मौज्दातमा खोल्न सकिने यस खातामा खातावालाले ७ प्रतिशत व्याजसहित १८ प्रकारका रोग लागेमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ । यो सुविधा बैंकले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा उपलब्ध गराउने जनाएको छ ।

बैंकले विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएको अवस्थामा बैंकले निक्षेपकर्तालाई अधिकतम १० लाख रुपैयाँसम्मको बीमा भुक्तानी शिखर इन्स्योरेन्स मार्फत भुक्तानी दिनेछ ।

बचतकर्तालाई गम्भिर रोगहरु लागेमा डाक्टरको सिफारिस रिपोर्टसहित दाबी गरेमा उपचार हुनु पूर्व नै बीमा दावी भुक्तानी पाउने शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले बताए । उनले बैंकको अन्य ८ वटा कर्जा योजनाहरुमा सहकार्य गर्न सकिने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।