लिलामीकाे शेयर सस्तोमै उठाउने अवसर,चार कम्पनीले झण्डै एक कराेड कित्ता लिलामी गर्ने

Dec 19, 2018 Merolagani

पुस महिनामा हकप्रदमा अवितरित संस्थापक र साधारण शेयर गरि कूल ९७ लाख ७६ हजार ६३३ कित्ता शेयर बिक्रीमा ल्याउने सूचना कम्पनीहरूले प्रकाशन गरिसकेका छन्। एनसीसी बैंक सहित चार कम्पनीले बोलकबाेल प्रकृयाबाट लिलाम बढाबढमा साे शेयर बिक्री गर्न लागेका हुन् ।

यसरी लिलामी गर्ने कम्पनीहरुमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक, लुम्बिनी विकास बैंक, छिमेक लघुवित्त र जेबिल्स फाइनान्स रहेका छन् ।

एनसीसी बैंकले सबैभन्दा धेरै ७९ लाख १० हजार कित्ता शेयर लिलामी गर्दैछ भने अन्य तीन कम्पनीले १८ लाख ६५ हजार कित्ता लिलामीमा ल्याउन लागेका हुन्।

लुम्बिनी विकास बैंकले तीन लाख ४४ हजार ९४६, छिमेक लघुवित्तले ५ लाख २३ हजार ६६ कित्ता र जेबिल्स फाइनान्सले ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामीमा बालपत्र आह्वान गरेका  हुन् । 

एकैपटक ठूलो मात्रामा शेयर लिलामीमा आएकाले लगानीकर्तालाई भने सस्तो मूल्यमा नै लिलामी शेयर सकार्ने अवसरको सिर्जना भएको छ ।

छिमेक लघुवित्तको पुस ९ गतेदेखि लिलामी खुल्दै

छिमेक लघुवित्तको ५ लाख २३ हजार ६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । लघुवित्तको लिलामी शेयर पुस ९ गतेदेखि १९ गतेसम्म खुल्ला हुने भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

लघुवित्तको लिलामी शेयर खरिद गर्न इच्छुकले लगानीकर्ताले एनएमबि क्यापिटलमा आवेदन बुझाउन सक्नेछन् ।
लगानी गर्न इच्छुक लागानीकर्ताले न्यूनतम एक हजार कित्ता वा सो भन्दा धेरै १० कित्ताको गुणाङ्कमा सम्पूर्ण शेयरको लागि बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

जेबिल्स फाइनान्सको १० गते देखि १७ गतेसम्म

जेबिल्स फाइनान्सले ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । फाइनान्सले संस्थापक तर्फको ६ लाख ६५ हजार ९५५ कित्ता र सर्वसाधारण तर्फको तीन लाख ३१ हजार ६७२ कित्ता लिलामीमा ल्याउने भएको हो ।

लिलामी पुस १० गते देखि १७ गतेसम्म आवेदन खुल्ला हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ।

फाइनान्सको शेयर खरिद गर्न इच्छुकले सनराइज क्यापिटल कमलपोखरी र सनराइज बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट लिलामी शेयर खरिदको आवेदन बुझाउन सक्नेछन् ।

फाइनन्सको संस्थापक न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन गर्नुपर्नेछ । शेयर खरिद गर्ने लगानीकर्ताले प्रतिशेयर एक सय रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।

लुम्बिनी विकास बैंकको लिलामी पुस १० गते देखि

लुम्बिनी विकास बैंकले अवितरित संस्थापक तीन लाख ४४ हजार ९४६ कित्ता हकप्रद शेयर लिलामी गर्ने भएको छ । बैंकले पुस १० गते देखि २५ गते सम्म लिलामी बिक्री खुल्ला गर्ने भएको हो ।

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले शेयर बिक्री प्रबन्धक भिबोर क्यापिलमा आवेदन बुझाउन सक्नेछन् ।

लिलामी शेयर खरिद गर्ने लगानीकर्ताले न्यूनतम एक सय कित्ताको लागि प्रति शेयर न्यूनतम एक रुपैयाँ भन्दामाथि शेयर खरिद गर्न कबोल मूल्य खुलाई आवेदन गर्न सक्नेछन्। आवेदन गर्ने लगानीकर्ताले १० कित्ताको गुणाङ्कमा आवेदन गनुपर्नेछ ।

एनसीसी बैंकले पुस ११ गतेदेखि लिलामी आवेदन लिने

एनसीसी बैंकले पुस ११ गतेदेखि ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बढाबढमा बोलपत्र आह्वान गरेको छ। बैंकले लिलामीमा ल्याउने ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण शेयरमा लगानीकर्ताले पुस २० गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रल शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लिलामी गर्न इच्छुकले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन एक सय रुपैयाँ तिरेर माथिका स्थानहरुबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण एक सय कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि माग गर्न सकिनेछ ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।