आँखुखोला हाइड्रोपावरको शेयर कारोबार सुरु, ‘AKJCL’ सिम्बोलमा कारोबार हुने

Dec 20, 2018 Merolagani



आँखुखोला जलविद्युत कम्पनी (AKJCL) को नेपाल स्टक एक्सचेञ्जमा पुस ५ गते बिहीबारदेखि शेयर कारोबार खुला भएको छ। हाइड्रोपावर कम्पनीले आफ्नो चुक्ता पूँजी ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

नेप्सेले कम्पनीको शेयर करोबारका लागि 'एकेजेसीएल’ संकेत प्रदान गरेको छ। आज देखि यस कम्पनीको शेयर कारोबार यसै संकेतमा कारोबार हुनेछ ।

नेप्सेले आँखुखोलाको शेयर प्रतिकित्ता ६८ रुपैयाँ ९० पैसादेखि २०६ रुपैयाँ ७० पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ । यहि रेञ्जबाट कम्पनीको पहिलो शेयर कारोबारको थालनी हुनेछ ।

गत असोज २३ देखि २६ गतेसम्म १३ लाख ७६ हजार २० कित्ता आईपिओ निष्काशन गरेर कार्तिक ११ गते बाँडफाँड गरेको थियो ।

कम्पनीको साधारण शेयर बाँडफाँड भएको दुई महिनापछि सूचीकरण पश्चात कारोबार खुलेको हो ।