नयाँ वर्ष २०१९ को अवसरमा भिसा कार्ड होल्डरले चार महिना विशेष छुट पाउने

Jan 01, 2019 Merolagani

नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुको भिसा कार्ड लोयल्टी योजना २०१९ सार्वजनिक भएको छ । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म ४ महिना लागू हुुने जनाइएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन डे (Sunday Funday) र वाहु ओईनस्डे (WoW Wednesday) गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरिएको छ ।

सन्डे फन डे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड बाहकहरुले हरेक आइतबार देशभरका पोइन्ट अफ सेल टर्मिनलहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।

वाहु ओईनस्डे योजना अन्तर्गत भिसा डोमेस्टिक कार्ड बाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम ७५० रुपैयाँसम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।

१५ बैंक तथा वित्तीय संस्थाका कार्ड होल्डर लाभान्वित हुने

यस योजनाबाट नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसिसि बैंक, सानिमा बैंक, सेञ्चुरी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, गरिमा विकास बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाइनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।

यस किसिमको योजनाबाट नगद रहित कारोबारलाई प्रोत्साहन हुुने र सुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुुनेमा बैंकहरु विश्वस्त छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।