ग्रामिण विकास लघुवित्तको बुकक्लोज

Jan 02, 2019 Merolagani

ग्रामिण विकास लघुवित्त (GBLBS) ले चौथो वार्षिक साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति तोकेको छ। लघुवित्त सञ्चालक समितिको बैठकले पुस २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार साधारण सभामा प्रतिनिधित्व जनाउनका लागि पुस २५ गते बुधबारसम्म शेयर किनेर शेयरधनी कायम भैसक्नुपर्नेछ । यसअघि नै कायम रहने शेयरधनी स्वत: सहभागि हुन पाउनेछ ।

ग्रामिण विकास लघुवित्तले माघ १२ गते शनिबार बिहान साढे ११ बजे बुटवलमा साधारण सभा आह्वान गरेकाे छ ।

आर्थिक वर्ष २०७४/७५ को वार्षिक वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृती भएपश्चात पुस १७ गते बसेको सञ्चालक समितिको ११८ ओं बैठकले  चौथौ वार्षिक साधारण सभाको मिति र बुकक्लोज तय गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।