सिभिल लघुवित्तको शेयरमूल्य समायोजन

Jan 04, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार सिभिल लघुवित्त (CLBSL) को ४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसको बुकक्लोज गरेसँगै शुक्रबार मूल्य समायोजन गरेको हो ।

नेप्सेले ४ प्रतिशत बोनस पश्चात लघुवित्तको प्रतिकित्ता ६६३ रुपैयाँ ४६ पैसामा शेयरमूल्य समायोजन गरेको हो। नेप्सेमा कारोबार भएको १८० दिनको कारोबारमूल्यका आधारमा लघुुवित्तको औसत आधारमूल्य ५९३ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ ।

लघुवित्तले पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड, त्रिपुरेश्वर काठामाडौँमा सातौँ वार्षिक साधारण सभा आह्वान गरिएको छ । सभामा चुक्ता पूँजीको ४ प्रतिशत बोनस, ३.८९ प्रतिशत नगद लाभांश तथा उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीको प्रस्ताव र शतप्रतिशत हकप्रद प्रस्ताव गरेको छ ।

लघुवित्तको लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।