नेप्से सामान्य ओरालो लाग्दा कारोबार रकममा उच्च गिरावट

Jan 17, 2019 Merolagani

साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले गिरावट आएको छ भने कारोबार रकम पनि खुम्चिएको छ । बजार सुध्रने संकेत नदेखिदा शेयर खरिद गर्नेहरुको घट्दा कारोबार रकममा चाप परेको हो ।

बिहिबार नेप्से ०.२० अंकले घटेर ११८७.७७ अंकमा झरेको छ । यस दिन कारोबारमा आएका १६४ वटा कम्पनीको ८ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख रुपैयाँमा खरिद बिक्री भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोड रुपैयाँले घटेको हो । बुधबार ५३ करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो ।  

यसदिन कारोबारमा आएका ११ उपसूचक मध्ये हाड्रोपावर, लघुवित्त र अन्य समूहको सूचक सकारात्मक रहे ।

सबैभन्दा धेरै जलविद्युत समूहको ४०.८१ अंकले बढेको छ । माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर मूल्य झण्डै दश प्रतिशतले उकालो लाग्दा जलविद्युत समूहको सूचक उच्च अंकले बढेको हो । लघुवित्त समूह ९.२६ अंक र अन्य समूहको सूचक २.४८ अंकले बढेको छ ।

बिहिबार निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६२.३६ अंकले घटेको छ । यस्तै जीवन बीमा ४५.२७, उत्पादन तथा प्रशोधन ४.२४, बैंकिङ्ग २.८१, होटल्स २.७२, विकास बैंक ०.७२ र वित्त समूहको सूचक ०.१२ अंकले ऋणात्मक भएको छ ।

आज पनि नेपाल बैंकको सबै भन्दा धरै शेयर कारोबार भएको छ । बैंकको ८७ हजार ५७४ कित्ता शेयर दुई करोड ५४ लाख रुपैयाँ बराबरमा किन बेच भयो । नागरिक लगानी कोष र छिमेक लघुवित्तको दुई करोड रुपैयाँ भन्दा धेरै रकमको कारोबार भयो ।

बिहिबार माथिल्लो तामाकोशी हाइड्रोपावको शेयर मूल्य सबै भन्दा धेरै प्रतिशतले वृद्धि भएको छ । तामाकोशीको शेयर मूल्य ९.८९ प्रतिशतले बढोत्तरी भएको छ भने नेपाल हाईड्रो डेभलपरको शेयर मूल्य ५ प्रतिशतले वृद्धि भएको छ ।

साथै छिमेक लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, साना किसान विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले उकालो लाग्यो ।

बिहिबार जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य सबै भन्दा धेरै ९.६६ प्रतिशतले खस्किएको छ । काबेली विकास बैंक ४.७६ प्रतिशतले, सांग्रिला डेभलपमेन्ट बैंक, युनाईटेड इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, सर्पोट माइक्रोफाइनान्स हिमालयन पावर पाटनर्स र युनाईटेड फाइनान्स्को शेयर मूल्य तीन प्रतिशतले गिरावट आयो ।

comments powered by Disqus