दूध आयातमा रोक

Jan 19, 2019 RSS

स्थानीय उत्पादनलाई बढावा दिनका लागि बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ ।

यहाँस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी भएका छन् । केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो । 

यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।