ग्लोबल आइएमईको खुद नाफा २५% बढ्यो, कर्जा विस्तारले पूँजी कोषमा दवाब

Jan 25, 2019 Tirtha Raj Poudyal

ग्लोबल आइएमई बैंक (GBIME) को चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा खुद नाफा २५.४६ प्रतिशतले बढेको छ। गत आवको यसै अवधिमा ९७ करोड ९९ लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा २४ करोड ९४ लाख बढेर एक अर्ब २२ करोड ९३ लाख पुगेको हाे।

कर्जा विस्तारले पूँजीकोषमा दबाबको सामना गरेको बैंकले आशातित निक्षेप भने बढाउन सकेको छैन यद्यपी  खराब कर्जामा भने सुधार गरेको छ। यस त्रैमासमा ग्लोबल आईएमईको प्रगतिका अन्य धेरै सूचकहरुमा वृद्धि देखिएका छन्।

खुद नाफाभन्दा १० करोड कम फ्रि प्रोफिट

बैंकले शुक्रबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार एक अर्ब २२ करोड ९३ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १० करोड २३ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले एक अर्ब १२ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको उल्लेख छ । गत वर्ष यसै अवधिमा बैंकको फ्रि प्रोफिट ९१ करोड ५९ लाख रहेको थियो । समिक्षा अवधिमा बैंकले यस्तो नाफा २३ प्रतिशतले बढाएको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलनमा भन्दा कर्जा विस्तारमा जाेड

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा विस्तारको प्रतिशत उच्च रहेको छ । चालू आर्थिक वर्षको ६ महिना अवधिमा बैंकले कर्जा लगानी १८.८५ प्रतिशतले बढाउँदा निक्षेप संकलन १२.९३ प्रतिशतले मात्र बढाएको छ ।

निक्षेप संकलन एक खर्ब २१ करोड ६३ लाखबाट एक खर्ब १३ अर्ब १७ करोड ५९ लाखमा बढाउँदा कर्जा परिचालन ८६ अर्ब १६ करोड ३५ लाखबाट एक खर्ब २ अर्ब ४० करोड ८४लाखमा बढोत्तरी गरेको छ ।

यसले पनि बैंक निक्षेप संकलनमा भन्दा कर्जा लगानीतर्फ बढी केन्द्रीत भएको देखिन्छ । जसको कारण बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकको सीमा नजिक अर्थात ७९.०६ प्रतिशत पुगेको छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

पूँजी कोषमा दबाब, बढाउनैपर्ने बाध्यता

ग्लोबल आइएमई बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार एकातिर बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको छ । भने अर्कोतिर बैंकको पूँजी कोष अनुपात खुम्चिएर ११.३० प्रतिशतमा आएकाले बैंकलाई आगामी दिनमा व्यवसाय र कारोबार बढाएर लैजानका लागि थप पूँजीको जोहो गर्नैपर्ने बाध्यता रहेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकको पूँजी कोष अनुपात ११ प्रतिशत भन्दा तल आएमा राष्ट्र बैंकको कारवाहीको सामना गर्नुपर्छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस वितरण गरेको छ भने पूँजी कोष बढाएर व्यवसाय विस्तार गर्नका लागि ऋणपत्र निष्काशनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएपनि हालसम्म निष्काशन मिति भने तोकेको छैन। यसले बैंकलाई पूँजी प्रयाप्तता अनुपातमा वृद्धि गर्न सहजता भने प्रदान गर्नेछ ।

खुद ब्याज आम्दानीमा सुधार
यस अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो खुद ब्याज आम्दानी ५२ करोड ३४ लाख अर्थात २८.१८ प्रतिशतले बढाएको छ ।

गत आवको दोस्रो त्रैमासमा एक अर्ब ८५ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको यसै अवधिमा दुइ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

निष्कृय कर्जा अनुपात घट्यो, प्रतिशेयर आम्दानीमा सुधार

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा १.६१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.७५ प्रतिशतमा झरेको छ ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसाबाट २३ रुपैयाँ ८५ पैसामा बढोत्तरी भएको छ बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ११.३२ गुणा मात्र बढी रहेको छ।

व्यवसाय बढाएर बैंकको आकार ठूलो बन्दै जाँदा निष्क्रिय कर्जा अनुपात घटाउँदै जानुलाई बैंकको कुशल व्यवस्थापन रहेको मान्नुपर्छ ।

एक अर्ब बढ्यो जगेडा कोष

गत आवको दोस्रो त्रैमासदेखि हालसम्मको एक वर्ष अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब २१ लाख रुपैयाँले सुधार आएको छ। गत आर्थिक वर्षको पुस मसान्तमा ३ अर्ब ४८ करोड ६३ लाखको जगेडा कोषलाई ४ अर्ब ४८ करोड ८५ लाखमा बढोत्तरी गरेको हो।

समीक्षा अवधिमा बैंकको जगेडा कोषमा २८.७५ प्रतिशतले सुधार गरेको छ ।

गत वर्ष दोस्रो त्रैमासमा रहेको बैंकको ८ अर्ब ८८ करोड ८३ लाखको चुक्ता पूँजीमा १६ प्रतिशत बोनस पूँजीकरण गरेर हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख पुगेको छ। त्यस्तै

बैंकको कोषको लागत बढ्यो, आधारदर घट्यो

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने बढेको छ ।

गत वर्ष १०.३१ रहेको आधार ब्याजदर १०.०९ प्रतिशतमा झरेको छ भने ६.९८ प्रतिशत रहेको कोषको लागत ७.५७ प्रतिशतमा बढेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।