वोमी माइक्रोफाइनान्सले डाक्यो विशेष साधारण सभा

Feb 02, 2019 Merolagani

वोमी माइक्रोफाइनान्सले फागुन ६ गते विशेष साधारण सभा आह्वान गरेको छ। लघुवित्त कम्पनीले चुक्ता पूँजीकाे शतप्रतिशत हकप्रद निष्काशनका लागि विशेष साधारण सभा बाेलाएको हो ।

माघ १८ गते बसेको लघुवित्तको ११५ औं सञ्चालक समितिको बैठकले धादिङ्गको खानीखोलामा रहेको नौबिसे एग्रो रिर्सोटमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको हो ।

विशेष साधारण सभामा हाल लघुवित्तको कायम चुक्ता पूँजी १० कराेड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने रहेको छ ।

यस्तै संस्थाको अधिकृत जारी र चुक्ता पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संसोधन तथा परिमार्जन गर्ने र नियामक निकायको निर्देशन अनुरुप आवश्यक परिमार्जनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिन स्वीकृत गर्ने एजेण्डा रहेका छन् ।

विशेष साधारण सभाका लागि लघुवित्तले माघ २८ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार माद्द २७ गते आइतबारसम्म कायम रहने शेयरधनी उक्त सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

comments powered by Disqus