शेयर बजार ११५० अंक मुनि ओर्लियो, अघिल्लो त्रैमासको अन्तिम बिन्दुमा ओर्लिएला ?

Feb 04, 2019 Merolagani

निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजार परिसुचक नेप्सेमा सोमबार पनि झण्डै ९ अंकको गिरावट आएको छ । बजार परिसुचक नेप्सेमा भारी गिरावट देखिँदै गर्दा कारोबार चाप भने अस्थिर बनेको देखिएको छ । यसले घट्दो बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको देखिन्छ ।

सोमबार बजार खुलेपछि केही बेर बढेर ओरालो गति समातेको बजार ८.८५ अंकको गिरावटमा बन्द भएको हो । यो गिरावटसँगै नेप्से ११४४.२७ अंकमा ओर्लिएको छ । 

नेप्सेमा आएको गिरावटसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकमका पनि गिरावट देखिएको छ । अघिल्लो दिन आइतबार ४१ करोड रुपैंयाभन्दा बढीको शेयर कारोबार भएको बजारमा सोमबार ३६ करोड ४३ लाख रुपैंयाको शेयर किनबेच भएको छ ।

झण्डै डेढ महिना पहिले अर्थात डिसेम्बर १० देखि १२ तारिखका दिनमा नेप्से परिसुचक अहिलेको अवस्थामा ओर्लिएको थियो । त्यस बेला बजार तल्लो विन्दुमा आएको भन्दै धमाधम बजार प्रवेश गर्ने मध्ये केही लगानीकर्ताले समयमा नै नाफा सुरक्षित गर्न सके भने अधिकांस लगानीकर्ता शेयर बेच्न नसकेर बसिरहेको अवस्था छ ।

जसका कारण सोमबारको गिरावटका बिच पनि लगानीकर्तामा एक किसिमको अन्यौलता देखिन्छ । यद्यपी यस अघि बजार ११४४ अंकभन्दा तल आउँदाको अवस्थामा भन्दा सोमबार कारोबार रकम केही बढि भएकाले बजारप्रति आशावादी हुने ठाउँ देखिन्छ ।

यस अघि कहिले कहिले नेप्से ११४४ अंकभन्दा तल ओर्लिएको थियो ? कारोबार रकम सहित तालिकामा हेर्नुहोस् ।

सोमबार होटल समुहमा भिनो अंकको सुधार देखिएकोमा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । १६२ कम्पनीका १२ लाख ९ हजार ८६८ कित्ता शेयर ५ हजार ७९७ पटक किनबेच हुँदा नेपाल टेलिकम, अप्पर तामाकोशी लगायत केही वाणिज्य बैंकहरुको शेयर मूल्यमा आएको गिरावटले बजारलाई निरन्तर तल तानि रहेको छ ।

सोमबार जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ६४ं९८ अंकले घटेको छ । निर्जीवन बीमा २०.२४, जलविद्युत १९.५२, उत्पादन तथा प्रशोधन १५.३७, लघुवित्त १३.९१, विकास बैंक ९.७५,अन्य ८.०३, बैंकिङ्ग ६.१९, व्यापार ४.८२ र वित्त समूहको सूचक ०.४२ अंकले ओरालो लागेको छ ।

सोमबार नेपाल बैंकको सबै भन्दा धेरै रकमको कारोबार भयो भने प्रभू बैंकको संस्थापक शेयर सबै भन्दा धेरै खरिद बिक्री भएको छ । नेपाल बैंकको ९३ हजार ९९९ कित्ता शेयर दुई करोड ७१ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । यता प्रभू बैंकको एक लाख ४२ हजार कित्ता संस्थापक शेयर दुई करोड १३ लाख रुपैयाँमा किनबेच भयो ।

सोमबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.६७ प्रतिशतले वृद्धि भएको छ । बरुण हाइड्रोपावर र आरएसडिसि लघुवित्तको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले बढेको छ । बरुण हाइड्रोपावर र आरएसडिसि लघुवित्तको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले बढ्यो ।

सिद्धार्थ इक्वीटी ओरेन्टियड, हिमायन डिस्टिलरी, छयाङ्दी हाइड्रोपावर, गोर्खाज फाईनान्स, वेमी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स र जेबिल्स फाइनान्स १० उकृट शेयर मूल्य बढने कम्पनीमा परेका छन् । सोमबार बजार तिब्र गतिमा झर्दा पनि २५ कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

आँखु खोला हाइड्रोपावर र खानिखोला हाईड्रोपावरको शेयर मूल्य सबै भन्दा धेरै ४ प्रतिशत भन्दा धेरैले घटेको छ । साथै कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, सिटी एक्सप्रेस, बिशाल बजार र सिनर्जी पावर डेभलपमेन्ट को शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले घट्यो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास चल्दै गर्दा पनि शेयर बजारमा तिब्र गिरावट देखिएको थियो । मंसिर १९ गते १११८ विन्दुमा ओर्लिएको बजार दोस्रो त्रैमासको वित्तीय विबरणको आशमा एकाएक उकालो लागेको थियो । त्यसै बिचमा शेयर बजार सुधारका लागि अर्थमन्त्रालयले चालेको कदमले बढेको बजार अक्टोबर २४ तारिखका दिन १२४९ अंकसम्म उक्लिएको थियो ।

त्यस पछिका दिनमा सुस्तरी ओरालो लागेको बजार अहिले ११४४ अंकको हाराहारीमा ओर्लिएको हो । अघिल्लो त्रैमासको मध्य अवस्थाको आधारलाई हेर्दा बजार १११८ अंकको नजिकसम्म झरेर सुधार हुँने आँकलन गरिएको छ ।

यसरी एउटा चक्रमा बजार तल माथि हुँदै गर्दा सामान्य लगानीकर्ता भने चक्रका बारेमा जानकार छैनन् । जसका कारण कुन् समयमा बजार प्रवेश गर्ने अनि कुन समयमा निस्किने भन्ने अन्यौलता उनीहरुमा छ । यहि अन्यौलतालाई कारोबारीहरुले सही रुपमा सदुपयोग गर्दै नाफा सुरक्षित गरिरहेका छन् भने आम लगानीकर्ता प्रत्येक चत्रमा आफ्नो लगानीमा नोक्सान व्यहोर्दै छन् भने कतिपयले आफ्नो शेयर बेच्न समेत सकिरहेका छैनन् ।

यस्ता किसिमका चक्रहरुलाई पनि आम लगानीकर्ताले ध्यान दिएर अध्ययन गर्नु पर्ने देखिन्छ । विशेष गरी चक्रका बेला शेयर मूल्यमा तिब्र उतारचढाव आएका कम्पनी, अधिक शेयर कारोबार भएका कम्पनी, कम्पनीहरुको बारेमा आएका समाचार, कम्पनीहरुले गरेका निर्णय र त्यसको अल्पकालिन तथा दिर्घकालिन असर लगायतका विषयमा सामान्य लगानीकर्ता जानकार भएर लगानीको निर्णय गर्नु उपयुक्त हुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।