स्थायी लेखा नम्बर (प्यान) के हाे, किन जरुरी ?

Feb 17, 2019 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सेयर खरिद बिक्रिमा स्थायी लेखा नम्वर अर्थात प्यान अनिवार्य गर्ने तयारी गरेपछि पूँजी बजारमा फेरि तरगं आएको छ । केहीले प्यान नम्वर लिनुलाई सामान्य कुरा हो, लिँदा फरक पर्दैन भनेका छन् भने केहीले चाँही धितोपत्र बोर्डको प्यान लागू गराउने निर्देशनलाई प्यान आतंकको रूपमा लिएका छन् ।

उनीहरूका अनुसार प्यानलाई ऐच्छिक बनाउनु पर्छ । अहिले पनि संस्थागत लगानीकर्ताहरू र दश लाख भन्दामाथि कारोवार गर्ने ठूला लगानीकर्ताले प्यान प्रयोग गरिरहेकोले सामान्य लगानीकर्ताहरूलाई बाध्य भन्दापनि ऐच्छिक बनाइनु पर्छ ।

अहिले पूँजी बजार बिस्तारको क्रममा रहेकाले प्यानलाई अनिवाय गरिँदा दूर दराजका लगानीकर्ता शेयर भर्ने कार्यबाट समेत बन्चित हुन्छन् । कर कार्यलय नभएका ठाँउमा सर्बसाधारणले कसरी प्यान भर्छन ? उनिहरूको तर्क छ ।

प्यान अनिवार्य गरिने सूचना जारी हुँदा शेयर बजारमा भेटिएका अधिकाँश लगानीकर्ता सशंकित देखिए । शेयर खरीद बिक्रीमा अहिले तिरीरहेको कर अन्तिम हो या प्यान लिएपछि थप कर तिर्नुपर्छ ? विभिन्न शिर्षकमा फरक फरक दरमा तिर्दै आएको कर प्यानमा आबद्ध भएपछि एउटै दरमा तिर्नु पर्ने हो कि भन्ने चासो आम लगानीकर्तामा छ । यसलाई राज्यले प्रष्ट पार्दै आयस्रोतका आधारमा वर्गीकरण गर्ने, शेयर बजारकै सन्दर्भमा लगानीको आकार, कारोबार अवधि लगायत विविध पक्षलाई हेरेर करका दरमा भने प्रष्ट धारणा बनाउन जरुरी छ।

दोश्रो बजारमा कारोवार गरिरहेका लगानीकर्ता समेत प्यानप्रति सचेत नहुँदा दूर दराजका लगानीकर्तालाई प्यान बुझाउन समय लाग्ने देखिन्छ । राजस्व बिभागको सहजीकरणमा धितोपत्र बोर्डले प्यान सम्वन्धि चेतनामूलक कार्यक्रम नगरी अनिबार्य प्यान लिने अभियानयानले सार्थकता नपाउन सक्छ । ब्रोकर अफिसमा राखिएको हेल्प डेक्सले मात्र सबै लगानीकर्ता सूचित हुन सक्दैनन् ।

प्यानको बिषयमा सर्बसाधारण जनता, पाठक र लगानीकर्तामा पनि जानकारी होस भन्ने उद्देश्यले हामीले आन्तरिक राजस्व कार्यलयले तयार पारेको यो जानकारीलाई प्रस्तुत गरेका छौ ।


comments powered by Disqus