शेयर बजार ३८ महिना यताकै न्यून बिन्दुमा, नबिल बैंकको उच्च कारोबार

Feb 18, 2019 Merolagani

लगातार घट्ने क्रममा रहेको शेयर बजार परिसूचक नेप्से ३८ महिना यताकै न्यून बिन्दुमा झरेको छ। सोमबार नेप्से ७.२१ अंकले घटेर ११०२.५१ बिन्दुमा झरेको हाे। यो ३८ महिना यताकै न्यून बिन्दु हो। २०७२ मंसिर २० गते नेप्से ११०२.८४ अंकमा रहेकाे थियो।

कारोबारमा आएका होटल र उत्पादन बाहेक अन्य सबै सूचक ओरालो लाग्दा नेप्से ३८ महिना १५ दिन अघिको विन्दुमा झरेको हो । सोमबार बजार खुले देखि ओरालो लागेको नप्सेमा १६१ कम्पनीका ८ लाख ७६ हजार २०८ कित्ता शेयर २२ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भए ।

कारोबारमा आएका ११ उपसूचक मध्ये होटल र उत्पादन तथा प्रशोधन समुहको सुचक सकारात्मक देखिएको छ । होटल समुहको सुचक ९.५ अंक र उत्पादन तथा प्रशोधन समुहको सुचक ०.२४ अंकले सुधार भएको हो । बाँकी ९ समुहका सुचक ऋणात्मक देखिए ।

जीवन बीमा समुहको सुचक सबै भन्दा धेरै १९.०८ अंकले घटेको छ ।

यस्तै निर्जीवन बीमा १२.८८, हाइड्रोपावर १२.५३, विकास बैंक ११.२४, अन्य ९.६४, बाणिज्य बैंक ८.३, माइक्रोफाइनान्स ६.४७, व्यापार ४.७३, फाइनान्स ०.३६ अंकले ओरालो लागेका हुन् ।

यस दिन नविल बैंकको संस्थापक शेयर सबै भन्दा धेरै कारोबार भएको छ । बैंकको संस्थापक शेयर २ करोड ४३ लाख रुपैयाँ कारोबार भयो । यस्तै नविल बैंककै साधारण शेयर २ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नबिल बैंकले दश प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गर्ने प्रस्ताव राखेर साधारण सभा डाकेकै दिन संस्थापक शेयरको मूल्य बढेको छ भने साधारण शेयरको मूल्य ओरालो लागेको छ ।

यसैगरी अपर तामाकोशीको १ करोड १४ लाख, एनएमबि बैंकको १ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीका शेयरधनीले ३.८३ प्रतिशत र नविल बैंकको संस्थापक शेयरधनीले ३.१८ प्रतिशतले कमाएका छन् ।

यस्तै प्रुडेन्सियल इनस्योरेन्स र स्वावलम्बन लघुवित्तको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढ्दा बोटलर्स नेपाल (तराई), विजया लघुवित्त, महिला लघुवित्त, एनआइसी एशिया ग्रोथ फण्डको इकाई मुल्य र नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य एक प्रतिशत भन्दा बढीले बढेका छन् ।

यता वल्डर् मर्चेन्ट फाइनान्सको शेयर मुल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोको शेयर मुल्य ६.६६ प्रतिशतले आरोलो लाग्दा नयाँ नेपाल लघुवित्त, नगबेली लघुवित्त, कञ्चन विकास बैंकका शेयरधनीहरुले ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।