ओम डेभलपमेन्ट बैंक र एनबिआई बीच सम्झौता

Mar 18, 2019 Merolagani

ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् ।

विकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको बताइएकाे छ ।

उक्त समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंकका एक सय जनाभन्दा बढी कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ ।

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवं दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । कर्मचारीहरुको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वल रुपमा उभ्याउनु यसको उदेश्य रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।