लगानीकर्ताको तालाबन्दी पछि धितोपत्र बोर्डले कार्यालय बाहिरबाटै बुझ्यो पत्र

Mar 24, 2019 Merolagani

आइतबार बिहानैदेखि लगानीकर्ताले धितोपत्र बोर्डमा गरेको तालाबन्दी पछि धितोपत्र बोर्डले कार्यालय बाहिरबाट नै केही कामहरु गरेको छ । बोर्डले विभिन्न निकायबाट आउने पत्रहरु कार्यालय बाहिरबाट नै बुझेको छ ।

प्रहरी परिचालन गरेर लगानीकर्तालाई तितरबितर पार्न थालिए पछि केही लगानीकर्ताहरु भागेका थिए । लगानीकर्ताभन्दा प्रहरीको संख्या धेरै देखिए पनि अवस्था असामान्य बने पछि बोर्डले पत्र बुझ्ने काम कार्यालय बाहिर नै गरेको हो ।

आन्दोलनरत लगानीकर्ताको नाराबाजी चल्दै गर्दा बोर्डमा ललितपुरका प्रमुख जिल्ला अधिकारीले पठाएको पत्र बोर्डले कार्यालय बाहिरबाट नै बुझेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीले पठाएको पत्र धितोपत्र बोर्डले चलान नम्बर ३७८७ बाट बुझेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।