अमेरिका–चीन व्यापार युद्धको असरः आईफोनको मूल्य बढ्ने

May 17, 2019 Merolagani

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनको व्यापार युद्धका कारण आईफोनको मूल्य ३ प्रतिशत महंंगो हुनसक्ने बताइएको छ । विश्लेषकका अनुसार, चीनमा बनिरहेको आईफोनको ब्याट्री र अन्य सामग्रीहरुको उत्पादन लागत २–३ प्रतिशतसम्म बढ्न सक्नेछ ।

अमेरिकाले १० मे देखि २०० अर्ब डलर बराबरको चिनीयाँ सामानमा लाग्ने शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।

चीनले त्यसको जबाफी कारबाही स्वरुप ६० अर्ब डलर बराबरको अमेरिकी सामानमा शुल्क बढाउने घोषणा गरेको छ । जुन १ देखि चीनले उक्त शुल्क वृद्धि लागू गर्दैछ ।

विश्लेषकका अनुसार, यदि एप्पलले आईफोनको विक्रीबाट योभन्दा पहिलेको जति नै नाफा कमाउन चाहन्छ भने उसले आईफोनको मूल्य बढाउनै पर्ने हुन्छ । आईफोनको मूल्य ३ प्रतिशत महंगो भएमा आईफोन एक्सएसको मूल्य १०२९ डलर पुग्नेछ । हाल यसको मूल्य ९९९ डलर रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३२५ अर्ब डलरको अतिरिक्त चिनीयाँ सामानमाथि पनि शुल्क बढाउने घोषणा गरेका छन् । उक्त शुल्क बढेमा एक आईफोनको उत्पादन लागत १२० डलर बढ्ने बताइएको छ । एजेन्सी

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।