एनआरएन इन्फ्रास्ट्रक्चरको आईपिओ निष्काशन गर्ने प्रकृया अघि बढ्यो

Aug 25, 2019 10:52 AM Merolagani

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ। कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँको आईपिओ निष्काशन गर्न लागेको हो।

आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसेको कम्पनीले सार्वजनिक निष्काशनका लागि क्रेडिट रेटिङ्ग गराएको हो ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपिओलाई 'केयर एनपी आईपिओ ग्रेड ४' दिएको हो । यसले कम्पनीको वित्तीय अवस्थालाई औषत भन्दा तल रहेको जनाउँदछ। 

कम्पनीले असार ३१ गते नै आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसेको छ । यस्तै आईपिओ निष्काशन लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले पाँचौ वार्षिक साधारण सभाबाट आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी ७३ करोड ५६ लाख रुपैयाँ छ भने आईपिओ निष्काशन पछि एक अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड जलविद्युत कम्पनीहरु जस्ता विकास क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनीको अध्यक्षमा जीवनाथ लामिछाने रहेका छन् भने शेष घले, कृष्ण प्रसाद पाण्डे, बालकृष्ण गुरुङ्ग, महेश कुमार श्रेष्ठ र रामेश्वर शाह सञ्चालक रहेका छन्।

काठमाडौंमा कार्यालय केन्द्रीय रहेको कम्पनीले हाल १४.३ मेगावटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लगायतका जलविद्युत परियोजनाहरुमा लगानी गरेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।