नेपाल ईन्भेष्टमेन्ट बैंकको नाफा झण्डै २ अर्ब, प्रति शेयर आम्दानी ४७ रुपैयाँ

Aug 14, 2014 Report



नेपाल ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९५ करोड खुद नाफा कमाउन सफल भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको बित्तीय विवरणमा प्रति शेयर आम्दानी ४७.१७ रुपैया पुगेको जनाईएको छ ।

गत बर्षको तुलनामा ४ करोड मात्रै बढी खुद नाफा कमाए पनि बैंकको प्रगतिमा स्थायित्व रहेको मान्न सकिन्छ ।यो निजी क्षेत्रको धेरै चुक्ता पुजी भएको पहिलो बैंक हो । नेपाल ईन्भेष्टमेन्टकोे चुक्ता पूँजी ४ अर्ब १४ करोड ६७ लाख रहेको छ ।


नेपाल इृन्भेष्टमेन्ट बैंकले निस्क्रिय कर्जाको अनुपात १.९१ बाट घटाएर १.६८ मा झारी ४३ करोड जोखिम ब्यहोर्ने कोषमा राखेको छ । बैंकले निस्क्रिय कर्जा उठाएर ३० करोड रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट खुद नाफामा सारेको छ । बैंकको संचित कोषमा ४८३ करोड ३६ लाख रुपैया छ । यस बैंकको मुल्य आम्दानी अनुपात २०.४१, प्रति शेयर नेटवर्थ २१६.६७ प्रति शेयर समपतिको मूल्य २११२.८६ रहेको छ । नेप्सेमा कम्पनीको प्रति शेयर हाल १००० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । कम्पनीले लगानीकर्ताहरुलाई निरन्तर बोनस शेयर र नगद लाभांश दिदै आएको छ
 

http://merolagani.com/AnnouncementDetail.aspx?id=9005




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।