एभरेष्टको प्रति शेयर आम्दानी ८६, स्टान्डर्ड चार्टर्डको ६७, कृषि विकासको ३५ मात्रै, मेगा र माछापुच्छ्रेको प्रगति उच्च, बिओके अझै उठ्न सकेन

Aug 15, 2014 Reports



देशका ६ ठूला बाणिज्य बैंकहरुले शुक्रवार एकैसाथ गत बर्षको चौथो चैमासको बित्तीय विवरण प्रकाशित गरेका छन् । एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, माछापुच्छ्रे , मेगा  र बैंक अफ काठमाडौले प्रकाशित गरेका बित्तीय विवरणले लगानीकर्ताहरुको ध्यान तानेको छ ।  

एभरेष्ट बैंकले गत आर्थिक बर्षमा १ अर्ब ५४ करोड ९६ लाख रुपैया खुद नाफा गरी प्रति शेयर आम्दानी ८६ रुपैयाँ कायम गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड मात्र बढी नाफा गरेको एभरेष्ट बैंकको निस्क्रिय कर्जाको अनुपात स्थिर छ भने जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैया छ । नेपाल राष्ट्र बैंकले तोकेको पुँजी २ अर्ब पुर्याउन यस बर्ष एभरेष्टले ८ करोड रुपैया बराबरको बोनस शेयर दिनुपर्ने अबस्था छ । 
 
त्यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३७ करोड ७४ लाख रुपैया आम्दानी गरी प्रति शेयर आम्दानी ६७ रुपैया ४७ पैसा कायम गरेको छ । बैकले अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै १६ करोड बढी खुद नाफा कमाएको छ । निस्क्रिय कर्जाको अनुपात घटाएर स्टान्डर्ड चाटर्डले ६ करोड रुपैया जोखिम कोषबाट नाफामा देखाएको छ । 
 
यस्तै कृषि विकास बैंकले गत आर्थिक बर्षमा १ अर्ब ५० करोड ९४ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ३५ रुपैयाँ कायम गरेको छ । ९ अर्ब ६३ करोड ६८ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब छ । बैंकको निस्क्रिय कर्जाको अनुपात केही  घटे पनि हाल ५.३४ प्रतिशत रहेको छ । 
 
माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा ब्यापक प्रगति गर्न सफ भएको छ । सो बैंकले ४५ करोड ७ लाख रुपैया कायम गरी प्रति शेयर आम्दानी १८ रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा झण्डै ३१ करोड बढी आम्दानी गरेर तीब्र प्रगतिको उदाहरण पेश गरेको हो । बैंकले निस्क्रिय कर्जाको अनुपात २.८४ बाट १.७८ मा झारी १८ करोड रुपैयाँ जोखिम कोषबाट खुद नाफामा सारेको छ । २ अर्ब ४७ करोड ८७ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७६ करोड ८५ लाख छ । 
 
त्यस्तै बैंक अफ काठमाडौले गत आर्थिक बर्षमा ५१ करोड ४३ लाख रुपैया खुद नाफा गरी प्रति शेयर आम्दानी २६ रुपैयाँ ७९ पैसा कायम गरेको छ । अघिल्लो आर्थिक बर्षमा ६१ करोड ७० लाख रुपैया खुद नाफा गरेको बैंकको खुद नाफा यस बर्ष झण्डै १० करोड रुपैयाले घटेको छ । मेलम्ची खानेपानी आयोजनामा चिनियाँ ठेकेदारको बैंक ग्यारेन्टी विवादमा मुछिएको बैंकले जोखिम ब्यहोर्ने कोषमा रकम बढाउनु परेको हो । बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको सिमा भन्दा कम अर्थात १ अर्ब ९२ करोड मात्र रहेको छ । 
 
मेगा बैंकको प्रगति पनि उल्लेख्य 
 
मेगा बैंकले गत आर्थिक बर्षमा आफ्नो खुद नाफा झण्डै दोब्बर गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा १७ करोड ७३ लाख खुद नाफा गरेको सो बैंकले गत आर्थिक बर्षमा ३१ करोड खुद नाफा भएको जनाएको छ । सो बैंकको प्रति शेयर आम्दानी १३ रुपैया ३१ पैसा पुगेको छ । मेगा बैंकको निस्क्रिय कर्जाको अनुपात भने केही बढेकाले १२ करोड ६६ लाख जोखिम कोषमा राखेको छ । बैंकको संचित कोषमा ४३ करोड २२ लाख छ । बैंकको मुल्य आम्दानी अनुपात ३३.७३ र प्रति शेयर नेटवर्थ ११८.५५ रुपैया छ । 
 
 



लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।