बीमामा नेपाल लाईफको अग्रता, प्राईमलाई पछ्याउंदै नेशनल लाईफ

Aug 15, 2014 Reports



बीमा क्षेत्रका चर्चित कम्पनीहरु नेपाल लाईफ, प्राईम लाईफ र नेशनल लाईफले एर्कैदिन  गत बर्षको बित्तीय बिबरण प्रकाशित गर्दै प्रतिस्पर्धामा उत्रिएका छन् ।
 
नेपाल लाईफले गत आर्थिक बर्षमा ३३ करोड १४ लाख रुपैया खुद नाफा गरी प्रति शेयर आम्दानी ३० रुपैया ५८ पैसा कायम गरेको छ । तर बिमांकीय मुल्यांकनबाट आउने रकमको हिसाव हुन बांकी नै रहेकाले लेखापरिक्षण गर्दाको बेलासम्म खुद नाफा यो भन्दा बढी हुने आंकलन गरिएको छ । गत बर्ष सो कम्पनीको खुद नाफा ७७ करोड थियो । 
 
 
त्यसैगरी गत बर्ष धेरै नाफा कमाउनेमा प्राईम लाईफ अगाडि आएको छ । सो कम्पनीले ९ करोड ७२ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १९ रुपैया ९२ पैसा पुर्याएको छ । ४८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सो बीमा कम्पनीको जगेडा कोषमा ४२ करोड २९ लाख रुपैया छ । यस कम्पनीको पनि बिमांकीय मुल्यांकन आउन बांकी रहेकाले बास्तविक खुद नाफा बढी हुने देखिएको छ । अघिल्लो आर्थिक बर्षमा यस कम्पनीले अन्तिम लेखा परीक्षण हुँदा १२ करोड ६२ लाख खुद नाफा कायम भएको थियो । 
 
 
्अर्को जीवन बीमा कम्पनी नेशनल लाईफ भने प्रति शेयर आम्दानीका हिसावले तेस्रो नम्बरमा देखिएको छ । सो कम्पनीले गत आर्थिक बर्षमा १४ करोड ९ लाख रुपैया खुद नाफा गरी प्रति शेयर आम्दानी १७ रुपैया ९७ पैसा कायम गरेको छ । ७८ करोड ३९ लाख चुक्ता पुँजी रहेको सो बीमा कम्पनीको जगेडा कोषमा ३८ करोड ४६ लाख रुपैयाँ छ । 
यस कम्पनीको पनि बिमांकीय मुल्यांकन आउन बांकी रहेकाले बास्तविक खुद नाफा बढी हुने देखिएको छ । अघिल्लो आर्थिक बर्षमा यस कम्पनीले अन्तिम लेखा परीक्षण हुँदा ४४ करोड २७ लाख खुद नाफा कायम भएको थियो । 
 
सुर्याको प्रति शेयर आम्दानी २१

सुर्या लाईफले पनि गत आर्थिक बर्षमा नाफा बढाउन सफल भएको छ । ५० करोड रुपैया चुक्ता पूँजी रहेको सो कम्पनीले गत आर्थिक बर्षमा ४ करोड १० लाख खुद नाफा गरी प्रति शेयर आम्दानी २१ पु¥याएको छ । कम्पनीको बिमांकीय मुल्याङकन आउंदा खुद नाफा बढ्ने देखिन्छ । कम्पनीको जगेडा कोषमा ११ करोड ८४ लाख छ ।
 
हिमालयन जनरलको नाफा बढ्यो

निजिवन बीमा तर्फको हिमालयन जनरलको खुद नाफा गत आर्थिक बर्षको तुलनामा बढी प्रति शेयर आम्दानी ३४ रुपैया पुगेको छ ।  २५ करोड चुक्ता पूजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड छ ।