पछिल्लो समय नेप्सेमा देखिएको ‘गोल्डेन क्रस’ के हो?

Jan 12, 2020 01:52 PM Merolagani



प्रत्येक अवाले ।

गत मंसिर २२ गते नेप्से परिसूचकमा ‘गोल्डेन क्रस’ देखिएको थियो। सोपश्चात नेप्सेले उकालो यात्रा शुरु गरेको छ। केही कारोबार दिनहरुमा करेक्सन हुँदै नेप्से उकालो लागिरहेको छ।

नेप्सेजस्तै अन्य उपसूचकहरुमा पनि पछिल्ला दिनहरुमा यस्तो क्रस देखिएको थियो। व्यापार उपसमूहको परिसूचकमा सबैभन्दा पहिला गत साउन २२ गते यस्तो क्रस देखिएको थियो। साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचकमा यो क्रस देखिएको हो।

पछिल्लो समयमा जलविद्युत उपसमूहको परिसूचकमा यस्तो क्रस देखिएको थियो। यस उपसमूहमा सो क्रस पुस २१ गते देखिएको थियो। नेप्सेमा भएको अन्य उपसमूह बाहेक अरु सबै उप समूहहरुमा यस्तो क्रस देखिसकेको छ।

शेयर बजारमा प्राविधिक विश्लेषणको विशेष महत्व हुन्छ। विश्व शेयर बजारमा लगानीकर्ताहरु प्राविधिक विश्लेषण गरी कम्पनीको शेयर खरिदबिक्रीको निर्णय गर्दछन्।

पछिल्लो समयमा नेपालमा पनि प्राविधिक विश्लेषणलाई लगानीकर्ताहरुले महत्व दिन थालेका छन्। अहिले लगानीकर्ताहरुको शेयर खरिदबिक्री गर्ने निर्णयमा प्राविधिक विश्लेषणले स्थान पाउन थालेको छ।

प्राविधिक विश्लेषण गर्न तथ्याङ्क र जानकारीको अति आवश्यक हुन्छ। यस विश्लेषण गर्ने एक मात्र होइन अनेक उपकरणहरु छन्। नेपाली बजारमा मैनबत्ती विश्लेषण, मुभिङ्ग एभरेज, बोलिङ्ग र ब्याण्ड, एमएसीडी जस्ता प्राविधिक विश्लेषणका उपकरण तथा शब्दहरु प्रचलित छन्।

प्राविधिक विश्लेषण गर्दा विभिन्न चार्टहरु बनाइन्छ। यस्ता चार्ट बनाउँदा विभिन्न आकृति बन्ने गर्दछन्। केही चित्रहरुले रोचक नामहरु जस्तै, ‘कप विथ ह्याण्डल’, हेड एण्ड सोल्डर’, ‘डबल टप’ पनि पाएका छन्। यस्तै नामहरुमध्ये ‘गोल्डेन क्रस’ र ‘डेथ क्रस’ पनि छन्।

  • के हुन् ‘गोल्डेन क्रस’ र ‘डेथ क्रस’ ?

‘गोल्डेन क्रस’ र ‘डेथ क्रस’ विपरितार्थक शब्द हुन्। ‘गोल्डेन क्रस’ ले बजार बुल हुने सङ्केत गर्दछ भने ‘डेथ क्रस’ले बियरको सङ्केत गर्दछ। एउटा लामो अवधि र अर्को छोटो अवधिको मुभिङ्ग एभरेज एक आपसमा काटिँदा यी क्रसहरु बन्ने गर्दछन्।

छोटो अवधिको मुभिङ्ग एभरेज रेखाले लामो अवधिको मुभिङ्ग एभरेज रेखालाइ तलबाट काटेर माथि लाग्दा बन्ने क्रसलाई ‘गोल्डेन क्रस’ भनिन्छ। जस्तै, २० दिने मुभिङ्ग एभरेज रेखालाई ५ दिने मुभिङ्ग एभरेज रेखाले तलबाट काटेर माथि लाग्दा बन्ने क्रस ‘गोल्डेन क्रस’ हो। यसले बजारमा बिक्री चाप घटेको सङ्केत गर्नुका साथै बजार डाउन ट्रेण्डबाट अप ट्रेण्डमा लागेको सङ्केत गर्दछ। यो बजार बुल हुने सङ्केत पनि हो।

यसको ठीक विपरित जब लामो अवधिको मुभिङ्ग एभरेज रेखालाई छोटो अवधिको रेखाले माथिबाट काटेर तल तिर लाग्दा बन्ने क्रसलाई ‘डेथ क्रस’ भनिन्छ। यसले बियरिस ट्रेण्डको शुरुवात भएको सङ्केत गर्दछ।

अधिक ट्रेडिङ्ग भोल्यूमको साथ भए यस्ता क्रसहरु अधिक महत्वपूर्ण मानिन्छ। ‘गोल्डेन क्रस’ भएमा लामो अवधिको मुभिङ्ग एभरेजलाई प्रमुख टेवा मानिन्छ भने ‘डेथ क्रस’ भएमा सो मुभिङ्ग एभरेजलाई मुख्य प्रतिरोध मानिन्छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।