कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबीच आरटिजिएस सम्झौता

Jan 15, 2020 08:00 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) र नेपाल क्लियरिङ्ग हाउसबीच २८ पुस गते आरटिजिएस सम्झौता भएको छ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएस/कनेक्ट आईपीएस सुविधाअन्र्तगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्नेछन्। जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ। यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजिएस सम्झौता गरिसकेको छ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ।