नेपाल बैंकको नगद लाभांश बैंक खातामा

Jan 15, 2020 09:19 AM Merolagani



नेपाल बैंक लिमिटेड (NBL) ले लाभांश बैंक खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो।

बैंकले पुस २५ गतेदेखि सो लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो। बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। गत पुस २५ गते सम्पन्न बैंकको ६० औँ वार्षिक साधारण सभाले १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।