नेपाल बैंकको नगद लाभांश बैंक खातामा

Jan 15, 2020 09:19 AM Merolagani



नेपाल बैंक लिमिटेड (NBL) ले लाभांश बैंक खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो।

बैंकले पुस २५ गतेदेखि सो लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो। बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। गत पुस २५ गते सम्पन्न बैंकको ६० औँ वार्षिक साधारण सभाले १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।