आरएमडीसीले आजदेखि नगद लाभांश बैंक खातामा जम्मा गर्ने

Jan 15, 2020 09:59 AM Merolagani



आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) ले आज (माघ १ गते) देखि नगद लाभांश जम्मा गर्ने व्यवस्था गरेको छ।

लघुवित्तले पुस १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। गत पुस २३ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तले आईपीएस मार्फत सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो। लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।