बैंकका तत्कालिन कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी विरुद्ध आयोगले २० करोड रुपैयाँ बीगो दाबी सुहित मुद्दा दायर गरेको हो ।
आयोगले आरोपीमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख रूपैयाँ बिगो मागिएको छ भने घतानीलाई दुई करोड ६७ लाख, गिरीलाई दुई करोड ६१ लाख रुपैयाँ बिगो दावी माग गरिएको छ । यस्तै, रेग्मीसँग एक करोड १० लाख, मरहठ्ठासँग ६७ लाख २१ हजार र पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको छ ।
उनीहरुले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी कृषि विकास बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैरकानूनी हानिनोक्सानी गर्ने गराउने योजना भएको आयोगले जनाएको छ।
विभिन्न व्यक्तिहरूको नाममा प्राप्त भएका अकाउन्ट पेई चेकहरू इसिसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गररेको देखिएको अख्तियारले जनाएको छ ।