फेरि बढ्यो सुन चाँदीको भाउ

Jan 15, 2020 11:43 AM Merolagani



पछिल्लो समय केही घट्न थालेको सुनको भाउ माघको पहिलो दिन बुधबार फेरि बढेको छ। पुस लागेदेखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ गत आइतबारदेखि केहि घट्न थालेकोमा बुधबार फेरि बढेको हो। 

माघ १ गते बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन मंगलबार सुन तोलामा ८०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।


यसदिन सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।