नेशनल लाइफले दुर्घटना बीमा अन्तर्गत एक करोड रुपैयाँ दाबी भुक्तानी गर्याे

Jan 15, 2020 02:26 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स एक करोड भन्दा बढीको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले झापा विर्तामोड स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यु वापत सो बराबरको दावी रकम भुक्तानी गरेको हो ।

स्व. दंगालले २०७६ साल असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए ।

गत कार्तिक ४ गते दुर्घटना कारण मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई दाबी बापतको रकम भुक्तानी गरिएको हो । एक करोड ३ लाख १५ हजार रुपैयाँको दाबी रकम बराबरको चेक विर्तामोड उद्याेग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा दाबी फछर्यौट गरिएको विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुढाथोकीले जानकारी गराए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।