अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुनुपूर्व एशियाली शेयर बजारमा गिरावट

Jan 15, 2020 02:19 PM Agency



बुधबार एशियाली शेयर बजारमा गिरावट देखिएको छ । लगानीकर्ताहरु अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर हुने प्रतिक्षामा रहेसँगै अब दुई देशका बीचको व्यापार सम्बन्ध कुन मोडमा जान्छ  भन्ने आशंकासँगै अधिकांश एशियाली शेयर बजारमा गिरावट देखिएको बताइएको छ ।

बुधबार एशिया–प्रशान्त शेयर ०.४० प्रतिशतले घटेको छ भने जापानको निक्केई र कोरियाको केओएसपीआई इन्डेक्स क्रमशः ०.४६ प्रतिशत र ०.४० प्रतिशतले घटेको छ । जबकि अस्ट्रेलियाको शेयरमा भने ०.३३ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यसैगरी चीनको शांघाई कम्पोजिट ०.५९ प्रतिशत र हङकङको ह्याङसेङ इन्डेक्स ०.७२ प्रतिशतले घटेको छ ।

विश्वका दुई ठूलो अर्थव्यवस्था भएका देशका बीच चलेको १८ महिना लामो व्यापार युद्ध पहिलो चरणको व्यापार सम्झौतासँगै केही साम्य हुने अपेक्षा गरिएको छ । एजेन्सी 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।