शेयर बजारमा सकारात्मक माहौल, बिशाल बजारसहित ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Jan 15, 2020 03:52 PM merolagani



साताको चौथो दिन शेयर बजारमा सकारात्मक माहौल देखिएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि उच्च रुपले बढ्न थालेको शेयर सूचक नेप्से मंगलबार केही करेक्सन भएपनि बुधबार फेरि उच्च रुपले बढेको छ।

बजारमा खरिद चाप बढ्दा बुधबार नेप्से सूचक २०.८५ अंकले बढेर १२८४.२३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ४.६८ अंकले बढेर २७८.९७ विन्दुमा पुगेको छ। 

पछिल्लो तीन कारोबार दिनहरुमा ६१ अंक बढेको  नेप्से मंगलबार ७.४८ अंकले घटेको थियो।  दोस्रो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरुले राम्रो वित्तीय  विवरण प्रकाशित गर्ने अपेक्षाले पनि बजार केही माथि गएको हो । 

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। यस दिन १७७ वटा कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख रुपैयाँमा खरिद बिक्री भयो।

अघिल्लो दिन प्रोफिट बुक गर्ने अल्पकालीन लगानीकर्ताले बिक्री चाप बढाउँदा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। बुधबार अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १२ करोड रुपैयाँले घटेको छ।

  •  सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ७ कम्पनीको शेयरमूल्यमा सकारात्कम सर्किट लागेको छ। उक्त कम्नीहरुको शेयरमा खरिद चाप बढ्दा शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

सर्किट लाग्नेमा विशाल बजार कम्पनी पहिलो नम्बरमा रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको शेयरमूल्य ९.९२ प्रतिशत, इन्फिनिटी लघुवित्तको शेयरमूल्य ९.८८ प्रतिशत मिथिला लघुवित्तको ९.८५ प्रतिशत, पाँचथर पावरको शेयरमूल्य ९.७६ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ९.४७ प्रतिशत र मञ्जुश्री फाइनान्सको ९.४७ प्रतिशतले बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ र विजय लघुवित्तकाे शेयरमूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ।

उता रैराङ हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट्स, सेन्ट्रल फाइनान्स, स्वाभिमान लघुवित्त, कर्णली डेभलपमेन्ट बैंक लगायतका केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ। रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.२७ प्रतिशतले घटेको हो।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ९ वटा उपसमुह सकारात्मक देखिएका छन् भने बाँकी ३ वटा उपसमुह नकारात्मक देखिएका छन्। होटल, उत्पादनमूलक र अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।

बुधबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अन्य वाणिज्य बैंकहरुको पनि कारोबार उच्च नै रहेको छ।

एनएमबि बैंकको ३ करोड १८ लाख रुपैयाँ बराबराकाे शेयर कारोबार भएको छ भने नेपाल बैंकको ३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, एभरेष्ट बैंक, सिभिल बैंक, प्रभु बैंक र एनसीसी बैंक पनि उच्च करोबार गर्ने शीर्ष १० कम्पनीमा समेटिएका छन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।