मञ्जुश्री फाइनान्सको लाभांश पारित

Jan 15, 2020 05:11 PM merolagani



मञ्जुश्री फाइनान्स (@MFIL@) काे मंगलबार सम्पन्न बाह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने ११ प्रतिशत लाभांश पारित गरेको छ। सभाले कर सहित ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

हाल ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले पौस मसान्त सम्ममा ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।

सभाले संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

नयाँ बानेश्वर काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको फाइनान्सले न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्जमा शाखा स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै अएको छ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।