ग्लोवल आईएमई बैंकको शेयर नेप्सेमा सूचीकृत

Jan 15, 2020 05:27 PM Merolagani



नेपाल स्टक एक्सचेन्जमा ग्लोवल आईएमई बैैंक (GBIME)काे ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर सूचीकृत भएको छ । बुधबार बैंकले साविक जनता बैंकसंग एक आपसमा गाभिई आएको शेयर नेप्सेमा सूचीकृत गराएकाे हो ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार नेप्सेमा कारोबार हुन सक्ने गरी माघ एक गते शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।

नेप्सेमा शेयर सूचीकृत भएसंगै दोस्रो बजारमा कारोबारको लागि बाटो खुलेको छ ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।