मुक्तिनाथ र देवः विकास बैंकले गरे आरटिजिएस सम्झौता, भुक्तानी प्रणालीमा सहजता आउने

Jan 15, 2020 05:43 PM merolagani



मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकले नेपाल राष्ट्र बैंकसँग आरटिजिएस सम्झौता भएकाे छ। मंगलबार   (RTGS)   प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ।