पदबहाली पछिकाे पहिलाे पत्रकार सम्मेलनमा ढुङ्गानाले कमोडिटी बजारमा लाइसेन्स दिने प्रकृया छनोट मापदण्ड बमोजिम नै अगाडि बढिसकेको समेत जानकारी दिए ।
- छ महिनाकाे अवस्था यस्ताे छ
अध्यक्षले ढुंगानाले बुधबार पत्रकार सम्मेलन गर्दै धितोपत्र बजारको ६ महिनाको अवस्थाको बारेमा जानकारी गराएका हुन् ।साथै बजारमा कडा नियमन तथा सुपरीवेक्षण गर्नु आवश्यक रहेका बताए । यस अवधिमा धितोपत्र बोर्डबाट १६ संगठित संस्थाले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेको ढुंगानाले जानकारी दिए ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा सार्वजनिक निस्काशन २१.२ प्रतिशतले बृद्धि भएको देखिन्छ । यस अवधिमा सार्वजनिक निष्काशन अनुमति प्राप्त रकम मध्ये १६.५ अर्ब रुपैयाँ ऋणपत्र निष्काशनले ओगटेको बोर्डले बताएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले क वर्गका बैंकलाई आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋण पत्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेसँगै प्राथमिक बजारमा ऋणपत्र निष्काशनमा बढोत्तरी भएकोहो ।
बीमा तथा लघुवित्त कम्पनीहरुले हकप्रद निष्काशन मार्फत पूँजी बृद्धि गरेसँगै समीक्षा अवधिमा हकप्रद शेयर निष्काशनमा ३४.९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस आवको छ महिना अवधिमा ७ सूचीकृत कम्पनीहरुले दुई अर्ब दुई करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनका अनुमति पाएका छन् ।
चालु आर्थिक बर्षमाम ३७ वटा कम्पनीको ११ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस शेयर दर्ता भएको बोर्डको तथ्याङ्गले देखाउँछ । गत आर्थिक वर्षको तुलनामा ३४.९ प्रतिशतले बृद्धि भएको हो ।सोहि अबधिमा अघिल्लो बर्ष ३१ वटा कम्पनीको आठ अर्ब छ करोड रुपैयाँ बराबरको बोनस शेयर दर्ता भएका थिए ।
बोर्डका अनुसार ११२ वटा कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ भने ३२ अर्ब ५१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । यो गत आवको तुलनामा २.८ प्रतिशतले कम हो ।