कुमारी बैंकले देवः विकास बैंकलाई गाभ्ने

Jan 15, 2020 06:08 PM merolagani



कुमारी बैंकले देवः विकास बैंकलाई गाभ्ने भएको छ। बैंकले माघ १ गते बुधबार देवः विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता गरेको हो। 

राष्ट्र बैंकले विग मर्जरमा जोड दिदै आएको अवस्थामा कुमारी बैंकले राष्ट्रियस्तरको देवःलाई गाभेर अघि बढ्न लागेको हो।

कुमारी बैंकले देवलाई १००ः८६ को श्वाप रेसियोमा गाभ्ने प्रारम्भिक सम्झौता गरेको बैंकका एक कर्मचारीले बताए। मर्जरको लागि दुई बैंकविच लामो समयदेखि छलफल चल्दै आएको थियो। 

राष्ट्र बैंकले पछिल्लो समय मर्जरको निति अबलम्बन गर्दै मर्जरमा जाने संस्थालाई छुटको समेत व्यवस्था गरेपछि अधिकाँश बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजिसनको बाटो रोज्न थालेका छन्।

वणिज्य बैंकहरु भने बिग मर्जर भन्दा पनि साना संस्थालाई लिएर बलियो बन्नेतर्फ अघि बढेको देखिन्छ।

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ भने देवः विकास बैंकको चुक्ता पूँजी भने ३ अर्ब १७ करोड छ । 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।