सातामा करिब ५ प्रतिशत बढ्यो नेप्से, सबैभन्दा बढ्ने उपसमूह कुन?

Jul 17, 2020 02:32 PM Merolagani

यस साता नेप्से परिसूचक ४.७८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार ३३१.१० विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम दिनसम्ममा ६३.६७ अंक बढेर एक हजार ३९४.७७ विन्दुमा बन्द भएको छ।

C6# त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ५.२२ प्रतिशत अर्थात १४.६५ अंक बढेर २९५.०६ विन्दुमा पुगेको छ। यस साता बजारमा कुल ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण १८ खर्ब ३५ अर्ब पुगेको छ।

लघुवित्तमा लगानीकर्ता आकर्षित

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको मात्र घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ८ प्रतिशत, बैंकिङ्गको ५.८२, म्युचुअल फण्डको ५.३४, विकास बैंकको ३.६३, व्यापारको ३.३४, वित्तको २.७४, निर्जीवन बीमाको २.६४, जीवन बीमाको २.५७, अन्यको २.५०, जलविद्युतको १.९५ र उत्पादनको ०.९९ प्रतिशत बढेको छ। यस साता होटल उपसमूहको परिसूचक भने ३.२२ प्रतिशत घटेको छ।

सर्वाधिक कमाउने गुराँस लघुवित्त

यस साता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५२.०७ प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल सेवा लघुवित्तको शेयरमूल्य ३२.५८ प्रतिशत, घोडीघोडा लघुवित्तको २४.६६ प्रतिशत, सूर्योदय लघुवित्तको २०.३२ प्रतिशत र मिथिला लघुवित्तको १९.८५ प्रतिशत बढेको छ।
यस साता समृद्धि फाइनान्स, तारागाउँ रिजेन्सी होटल र तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ भने माउन्टेन हाइड्रो र नेपाल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

पपुलर बाई स्टकः एनआईसी एशिया लघुवित्त
यस साता सर्वाधिक खरिद गर्न खोजिएको शेयर एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको छ। त्यसैगरी, यस साता पपुलस बाई स्टकको सूचीमा हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी इक्विटी फण्ड, नेपाल बङ्गलादेश बैंक र नेपाल एसबिआई बैंक लिमिटेड रहेको छ।

साताको पपुलर सेल स्टक सूचीमा यस साता नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर, सिभिल लघुवित्त, ग्लोबल आईएमई बैंक, स्वरोजगार लघुवित्त र रिलायन्स फाइनान्स परेका छन्।

५६ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

यस साता एक डिबेञ्चर र तीन कम्पनीको बोनस शेयर गरी कुल ५६ लाख ७७ हजार ७५४.२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १५५.७२ कित्ता, मञ्जुश्री फाइनान्सले १ लाख ४० हजार ७१०.५४ कित्ता र छिमेक लघुवित्तको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। त्यसैगरी, नेपाल एसबिआई बैंकको २० लाख ३३ हजार ८८८ कित्ता डिबेञ्चर पनि यस साता नेप्सेमा सूचीकृत भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।